|

बैतडी : महाकाली नदीको पानीमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने पीएच नामको रसायन अत्यधिक रहेको पाइएको छ। महाकाली किनारका बासिन्दाले नदीकै पानी प्रयोग गरिरहेकाले पानीको गुणस्तर मापन गर्दा यस्तो पाइएको हो।

बैतडीको दशरथचन्द नगरपालिका ६ सेरा र झुलाघाटमा महाकाली नदीको पानीको गुणस्तर मापन गर्दा पीएच नामको रसायन फेला परेको ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले जानकारी दिए।

'९ प्रतिशत पिएच रसायन फेला परेको छ' उनले भने, 'सीमा क्षेत्रका बासिन्दाको सहयोगका लागि सञ्चालनमा रहेको ट्रोसा परियोजनाअन्तर्गत महाकाली किनारका बासिन्दाले कस्तो पानी प्रयोग गरिरहेका छन् भन्ने विषयमा पानीको परीक्षण गरिएको हो।' 

खेतमा प्रयोग हुने विषादीका कारण पनि पानीमा पिएच नामको रसायन बढी हुने गरेको परीक्षणमा सहभागी प्राविधिकले बताएका छन्। यसले मानव स्वासथ्यमा गम्भीर असर पार्ने प्राविधिकले चेतावनीसमेत दिएका छन्। महाकाली नदीको पानी प्रयोग गर्दै आएका समुदायलाई नदीको दूषित पानी प्रयोग नगर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.