|

काठमाडौं : शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुत्तिर्ण भएपनि रोजगारीलाई निरन्तरता दिन पाउने पर्ने माग राख्दै वैशाख २० बाट आमशरण अनशन बसेका शिक्षकको विषयलाई लिएर मंगलबार संसद बैठकमा कुरा उठेको छ। उक्त बैठकमा प्रमुख प्रतिपक्ष दलले शिक्षकको मागलाई सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले ‘उनीहरुको माग गम्भिरतापूर्वक लिएर पूरा गरोस्’ भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले भने, ‘अस्थायी शिक्षकहरु, राहत शिक्षकहरु र शिक्षकहरु पनि विभिन्न चरणको आन्दोलनमा छन्, उनीहरुको सरकारले गम्भिरतापूर्वक सम्बोधन गरोस्, माग पुरा गरोस र उनीहरको आन्देनलाई सम्मान गरोस् भन्ने आग्रह चाहान्छु।’

परीक्षामा अनुत्तिर्ण शिक्षकहरु विभन्न माग राख्दै वैशाख २० बाट आमशरण अनसन बसेका हुन्। परीक्षामा असफल भएपनि कुनै पनि बाहानामा विस्थापित नगर्न र पुनः आन्तरिक परीक्षाको व्यवस्था गरी स्थायीको प्रक्रियामा लैजानुपर्ने उनीहरुको माग छ।

बैशाख २५ गते बसेको संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेरले परीक्षामा असफल शिक्षकलाई सम्मानजनक विदाई गर्ने योजनालाई अघि सारेका थिए। मन्त्री पोखरेरले एकपटक लिइएको परीक्षामा असफल शिक्षकलाई पुनः परीक्षा लिनु उपयुक्त नभएको भन्दै यसै शैक्षिकसत्र भित्रमा असफल शिक्षकलाई विदाई गर्ने बताएका थिए। उनले बैठकमा प्राविधिक तथा व्यवसायिक शिक्षकको अभाव तत्काल पूरा हुनेगरी सरकारले आवश्यक कानूनको व्यवस्था गर्ने तयारी गरेको समेत बताएका थिए।

मन्त्री पोखरेलले असफल शिक्षकलाई सम्मानजनक विदाई गर्ने भने पनि शिक्षक समूहको आन्दोलन र अनशसन भने अझै रोकिएको छैन। शिक्षा ऐनको आठौं सैशोधनले अस्थायी शिक्षकलाई परीक्षा लिएर स्थायी गर्ने र पास नभएकालाई गोल्डेनह्याण्ड चेक दिने वयवस्था छ। सोही व्यवस्था अनुसार शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षामा असफल हुने शिक्षक स्वतः अवकाश हुन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.