|
झुन्डिएको अवस्थामा मानबहादुर माखिमको शव । तस्बिर : नेपाल प्रहरी

पाँचथर : मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका नौजनाको हत्यामा संलग्न भनिएका मानबहादुर माखिमको शव नजिकै रगत लतपतिएको कपडा र खुकुरी भेटिएको छ । 

मिक्लाजुङ गाउँपालिका–७ लुमाङदिनमा झुन्डिएको अवस्थामा भेटिएको मानबहादुरको शवबाट करिब २ सय मिटरको दुरीमा रगत लतपतिएको कपडा र खुकुरी भेटिएको गाउँपालिकाका अध्यक्ष अम्मराज माखिमले जानकारी दिएका छन्। 

सोमबार राति काटेर हत्या गरिएका बमबहादुर फ्याकका ज्वाइँ मानबहादुरको शव रहेको स्थान नजिकै रगत लागेको खुकुरी र कपडाहरु भेटिएको माखिमले बताए । मानबहादुरको शव झुन्डिएको अवस्थामा मंगलबार मध्यान्ह भेटिएको थियो । 

मानबहादुरको शव भेटिएको स्थान नजिकै रगत लत्पतिएको खुकुरी र कपडा भेटिएपछि प्रहरीले यो विभत्स हत्यामा उनकै संलग्नता रहेको निचोड प्रहरीले निकालेको छ । मानबहादुरको शव भेटिएपछि प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँर र गाउँपालिका अध्यक्ष माखिम लुमाङदिन पुगेका थिए। मानबहादुरको शव आरुबोटे ल्याउन लागिएको छ।

ससुरा बमबहादुर र साढुदाइ धनराज सेर्माको हत्यामा मानबहादुरकै संलग्नता रहेको प्रारम्भीक निचोड प्रहरीले निकालेको छ। झगडा परेर माइत बसेकी श्रीमती मनमायासँग सम्बन्धबिच्छेद गराउन खोजेको रिसमा मानबहादुरले यो हत्याकाण्ड मच्चाएको सुरुवाती निचोड प्रहरीले निकालेको हो।

सम्बन्धित समाचार :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.