|

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको नौजनाको हत्या प्रकरण अनुसन्धानका प्रदेश प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत स‌ंघीय प्रहरी कार्यालय धरानका एसएसपी शरद खत्रीको नेतृत्वको टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाउन थालेको हो।

खत्रीको अनुसन्धान टोली दुईवटा तालिमप्राप्त कुकुरसहित मिक्लाजुङको आरुबोटे पुगेको हो । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी प्रधान कार्यालयले खत्रीसहितको टोलीलाई एक नम्बर प्रदेशबाट पठाएको थियो ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अम्मरराज माखिमका अनुसार बमबहादुर फ्याकको घरबाट प्रहरीले मुचुल्का उठाउन थालेको हो। घटनास्थलमा खटिएको स्थानीय प्रहरीको टोलीले दिनभर सुरक्षा दिएको थियो ।

एसएसपी खत्री नेतृत्वको टोली पुगेपछि बमबहादुरको घरबाट जाँच प्रकृति मुचुल्कासँगै शवहरु पनि उठाउन थालिएको हो । घटनास्थलबाट जाँच प्रकृति मुचुल्का सकिएपछि शवलाई पोस्टमार्टमका लागि लाने तयारीमा प्रहरी जुटेको छ। 

यो घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि काठमाडौंबाट पठाएको छ। सीआईबीबाट एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ गएको हो।

एक नम्बर प्रदेश प्रमुख डीआईजी केदार रिजालले जिल्लाका सबै नाका बन्द गरेर अभियुक्तको खोजी सुरु गरिएको जानकारी दिएका छन्। सोमबार राति आरुबोटे निवासी २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको थियो ।

बमबहादुर फ्याक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या भएको हो । उनीहरु नातामा ज्वाइँ-ससुरा हुन् । घटनाका क्रममा १३ वर्षीया किशोरीले भागेर ज्यान बचाउन सफल भएकी छन्। 

यो हत्यामा बमबहादुरका ज्वाइँ तथा धनराजका साढुभाइ मानबहादुर माखिमको संलग्‍ता रहेको सुरुवाती निचोड प्रहरीले निकालेको छ। मानबहादुरको शव पनि मिक्लाजुङ-७ मा झुन्डिएको अवस्थामा भेटिएको छ । उनको शवनजिकै रगत लागेको खुकुरी र कपडा पनि भेटिएको गाउँपालिका अध्यक्ष अम्मरराज माखिमले बताएका छन्। 

सम्बन्धित समाचार :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.