|

चितवन : चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्व विद्यालयका प्राध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको आरोपमा ६ विद्यार्थी पक्राउ परेका छन। पक्राउ पर्नेमा सन्तोष खतिवडा, बामदेव रेग्मी, सुसान पौडेल, विमर गौली र मिलन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

उनीहरूलाई मंगलबार बिहान ९ः३० बजेको समयमा विश्व विद्यालयपरिसबाटै पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए। रेग्मीका अनुसार गत चैतबाट फरार रहेका उनीहरूलाई विशेष सूचनाका आधारमा विश्व विद्यालय परिसरबाटै पक्राउ गरीएको हो। 

पक्राउ परेका ६ जनाविरुद्ध अभद्र व्यवहार गरेको उजुरी परेकाले म्याद थप गरी अनुसन्धान भइरहेको रेग्मीले बताए। गएको चैत २१ गते विश्व विद्यालयको कृषि संकायका सहायक डिन प्राध्यापक विष्णु ओझालाई विभिन्न आरोप लगाउँदै कालोमोसो दलेर जुत्ताको माला लगाई दिएपछि फरार रहेको उनीहरूलाई प्रहरीले खोजी गरिरहेको थियो। 

घट्ना लगत्तै प्राध्यापकले अभद्र व्यवहार गर्ने विद्यार्थीमाथि कार्वाहिको माग गर्दै विश्व विद्यालयमा ताला लगाएर आन्दोलित बनेका थिए। विद्यार्थी पक्राउ नपरे पनि प्राध्यापकले लगाएको ताला गत वैशाख २६ गत्ते महिना दिनपछि खुलेको छ।

दुर्व्यवहारमा संलग्न विद्यार्थीलाई विश्व विद्यालयले ६० दिनका लागि निस्काशन गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.