|
प्रतीकात्मक तस्बिर

दाङ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज बल बहालुर वली (शीतल) र सुर्खेत जिल्ला सेक्रेटरी खड्ग बहादुर खड्का (यमराज)लाई मंगलबार प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

कर्णाली प्रदेशको सुर्खेतको भेरीउत्तरगंगा नगरपालिका ५ भजेनीबाट बिहान ९ बजेतिर दाङ निवासी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज शीतल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई पक्राउ गरेको हो। उनीहरू दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा राखिएको छ।

यसैबीच, नेकपामाथि लगाइएको प्रतिबन्ध खारेजको माग गर्दै शहीद तथा बेपत्ता योद्धा परिवारले दाङमा प्रदर्शन गरेका छन्। नेपाल सरकारले केही समय अघिदेखि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध खारेजको माग गर्दै शहीद तथा बेपत्ता योद्धा परिवारले मंगलबार दाङको बिजौरीमा प्रदर्शन गरेका हुन्।

बेपत्ता योद्धा परिवार दाङको आयोजनामा बिहान ११ बजेतिर तुलसीसपुर उपमहानगरपालिकाको बिजौरी बजारको चोकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध खारेज गर्न माग गरेका हुन्। प्रदर्शनपछि आयोजित कोणसभालाई शहीद परिवार समाजका केन्द्रीय सदस्य रैबहादुर बस्नेतले पार्टीलाई लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.