|
File Photo

इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको बताएको तस्निम न्यूज एजेन्सीले मंगलबार बताएको छ।    

अमेरिकासँगको विवादास्पद विषयमा इरानी कूटनीतिक पहल जारी राखेको बताउँदै इरान अमेरिकासँग यही अवस्थामा वार्ता गर्ने पक्षमा नरहेको राष्ट्रपति रौहानीले बताए।    

'आजको वातावरण वार्ताका लागि अनुकूल छैन। अहिलेको अवस्थामा हाम्रो स्थिति ‘प्रतिरोधी र दृढ’ रहने छ,' राष्ट्रपति रौहानीले भने 'सम्पूर्ण इरानी जनताबीचको एकता र धीरताले मुलुककमा वासिङ्टनका कारण सिर्जना भएको आर्थिक चुनौतिलाई परास्त गर्नुपर्छ,' उनले भने।    

गत हप्ता इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पनि विवादास्पद विषयमा तत्काल अमेरिकासँग वार्ता नहुने बताएका थिए।  

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका लगायतका विश्व शक्ति राष्ट्रहरूबीच भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने घोषणा र इरानमाथि नयाँ प्रतिबन्धको घोषणापछि अमेरिका र इरानबीचको तनाव बढेको हो।    

वासिङ्टनले इरानसँग चार वर्ष पहिले भएको सम्झौता अमेरिकी हितमा नभएको निष्कर्षसहित इरानी हतियार नियन्त्रणका लागि पुनः सम्झौता गर्नुपर्ने अडान प्रस्तुत गर्दै आएको छ भने इरान लगायत सम्झौताका अन्य हस्ताक्षरकर्ता राष्ट्रहरू पूरानै सम्झौतालाई जोगाउनु पर्ने बताउँदै आएका छन्।    

अमेरिकाले इरानी हतियारप्रतिको मोहका कारण मध्यपूर्वमा सुरक्षा चुनौति बढेको बताउँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.