|

पर्वत : विश्वकै अग्लो हुने गरी पर्वतमा निर्माण गर्ने भनिएको शिव र पार्वतीको मूर्ती निर्माण गर्नका लागि एक परिवारले ५० लाखको जग्गा दान गरेको छ।

जिल्लाको कुस्मा नगरपालिका ४ का स्थायी बासिन्दा सागर कर्माचार्यको परिवारले कम्तिमा ५० लाख मूल्य पर्ने आकलन गरिएको एक रोपनी जग्गा दान गरेको हो। मूर्ती निर्माण गर्न आवश्यक रकम संकलन गर्ने उद्देश्यले सदरमुकाम कुस्मामा चलिरहेको विराट गुप्तेश्वर कोटिहोम तथा तुला दान महायज्ञमा कर्माचार्यको परिवारले जग्गा दान गरेको हो।

विश्वकै नमुना मूर्ती, सिसमहल र बहुउद्देश्यीय पर्यटकीय स्थल बनाउनका लागि आयोजना गरिएको अभियानमा आफ्नो परिवारले उक्त सहयोग गर्ने घोषणा गरेको सागरले बताए। महायज्ञमा सबैभन्दा बढी राशिको जग्गासहित १ लाख गरी ५१ लाख रुपैयाँ दान गर्ने दान दाता सागरसहित उनका बुबा हरिगोविन्द कर्माचार्य, भाइहरू नवीन कर्माचार्य र दया कर्माचार्यलाई दोसल्ला ओढाई डोलामा चढाएर सम्मान गर्दै बजारसमेत परिक्रमा गराइएको छ।

माता पार्वतीको जन्मभूमि विश्वास गरिएको पर्वत र तपस्या गरेको गुप्तेश्वर गुफालाई विश्वभर चिनाउन विराट गुप्तेश्वर कोटि होम तथा तुला दान महायज्ञ लगाइएको हो।

१० करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित लगाइएको महायज्ञमा सोमबारसम्म १ करोड ७५ लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँको जग्गा संकलन भएको छ। त्यस्तै,  ६२ लाख होमन गरिएको छ। महायज्ञमा ५१ सय जनाले सामूहिक तुला दान गर्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.