|

भद्रपुर, (झापा) ः नेत्रचन्द विक्रम (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का इलाम जिल्ला इञ्चार्ज झापामा पक्राउ परेका छन् । 

नेकपाका मेची व्युरो सदस्यसमेत रहेका इलाम इञ्चार्ज विजय दर्नाल ‘सर्वश्रेष्ठ’ लाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको हो।

सादा पोसाकमा खटिएका प्रहरी टोलीले दर्नाललाई सोमबार साँझ पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । 

पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको छ, भने झापा प्रहरीले यस बिषयमा केही बोल्न चाहेको छैन । 

यता नेकपा मेची व्युरो संयोजक प्रकाशले इलाम इञ्चार्ज दर्नाललाई तत्काल बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ । कार्यकर्तालाई रिहा नगरिए त्यसको उचित जबाफ दिने विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.