|

गतसाता क्यारेबियन प्रिमियर लिग (सीपीएल)को ड्राफ्ट घोषणा हुँदा प्रतियोगिता खेलीसकेका सन्दीप लामिछानेसहित चार नेपाली खेलाडी सूचिमा पर्न सफल भए। ड्राफ्टमा अटाए पनि अब प्रतियोगितामा क–कस्ले स्थान बनाउँछन् त्यसको तय आज (बुधबार) लन्डनमा तय हुँदै छ।

यो पटक ड्राफ्टको सूचिमा चार नेपाली खेलाडी स्पिनर सन्दीप लामीछाने  युवा अलराउन्डर दिपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर सोमपाल कामी छन्। उनीहरुसँगै यो पटक २० देशका ५ सय ३६ खेलाडी रहेका छन्। त्यसैले सन्दीप बाहेक अन्य खेलाडीका लागि भने पहिलो विदेशी लिगको यात्रा सहज छैन्।

खेलाडीको अनुबन्धन प्रक्रिया नेपाली समयअनुसार बुधबार बेलुका ७ः४५ बजे देखी सुरु हुने छ। ड्राफ्टमा आन्द्रे रसेल, राशिद खान, जोफ्रा आर्चर, एलेक्स हेल्स, सकिव अल हसन, जेपी डुमिनि, सुनिल नारायण, साई होप, शिम्रन हिटमायर लगात थुप्रै स्टार खेलाडीहरू छन्।

सहज छैन

यो सिजनको सीपीएल आगामी जुलाई ११ देखी अगष्ट १६ सम्म वेस्टइन्डिजमा हुँदै छ। सीपीएलमा ६ टोली रहेका छन्। उनीहरुसँग स्टार खेलाडी भित्राउने पर्याप्त अप्सन भएकाले दिपेन्द्र, रोहित र सोमपालको संभाबना निकै कम छ। आईपिएल अनुभव भएका र विश्व स्टार खेलाडीहरू आँखा अगाडि हुँदा नेपाली स्टारलाई कुनै टिमले आँखा लगाउनु निकै गाह्रो छ। यद्यपि ड्राफ्ट मार्फत कुनै टोलीले नेपाली खेलाडी भित्र्याए सीपीएल यी तीन खेलाडीको लागि पहिलो विदेशी लिगका रुपमा रहने छ। तर यसअघि पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा सोमपाल कामीको नाम भएपनि कुनै टोलीले समावेश नगरेकाले त्यहि दोहोरिने संभावना बलियो छ।

सन्दीपलाई सहज

अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित भएका सन्दीप सीपीएलमा छनोट हुने संभावना पक्का जस्तै छ। गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए। सन्दीपलाई गतवर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार पारिश्रमीकमा टोलीमा अनुबन्ध गरेको थियो। यो पटक उनको पारिश्रमिकमा पनि वृद्धि हुने आँकलन गरिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय लिगमा उत्कृष्ट प्रर्दशन गरिरहँदा उनकै प्रभावमा अन्य खेलाडीमा पनि नजर जान सक्ने संभावन भने कायम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.