|

सिरहा : कल्याणपुर–८ स्थित आफ्नै घरमा मट्टितेल खन्याएर आगो लगाई महिलाको हत्या भएको महिना दिन नपुग्दै कर्जन्हा नगरपालिका बस्तीपुरमा एक विवाहिता महिलाको रहस्यमय मृत्यु भएको छ।

बस्तीपुरकी चन्देश्वर यादवकी पत्नी करिब २९ वर्षीया रीतुदेवी यादवलाई मंगलबार अपराह्न घरमा मृत फेला पारिएको थियो। रीतुदेवीको मृत्युको सूचना पाए लगत्तै प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछका लागि पति चन्देश्वरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार चन्देश्वर केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। ‘घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ प्रहरी नायव उपरीक्षक खनालले भने, ‘पोष्टमार्टमको प्रतिवेदन नआएसम्म मृत्युको कारणको विषयमा बताउन सकिंदैन।’

करिब छ वर्षीया छोरीकी आमा रीतुदेवीको पतिसँगको विवाद वा झैझगडा के थियो भन्ने विषयमा केही खुलेको छैन। यद्यपि, रीतुदेवीले छोरा नजन्माएको निहुँमा पछिल्लो केही समयदेखि पति र परिवारका सदस्यहरुसँग झगडा हुँदै आएको बताइएको छ। रीतुदेवीको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसामद स्मारक अस्पतालमा राखिएको  छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.