|

पोखरा : मिनीट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

म‌गलबार लेखनाथस्थित आदर्शचोकमा ग१ख ३४१६ नम्बरको मिनी ट्रकसँग ठोक्किँदा ग१३प २६६० नम्बरको मोटरसाइकलका चालक पोखरा–१४ खाल्टे बस्ने २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको हो।

गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मिनी ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.