|

बर्दिया : गुलरिया नगरपालिका–३ निमकोठियामा ा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ।

वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना भएको थियो। मंगलबार राति ११ बजे दुर्घटनामा यादव घाइते भएका थिए।

घाइते यादवको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा आएका थिए। उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.