|

उदयपुर : झापाको मेचीनगर नगरपालिका-८ टोकला बगानस्थित रमाइलो बस्तीबाट प्रहरीले मंगलबार १७ किलो प्रतिबन्धित लागुऔषध चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिद्धराज न्याउपानेले लागुऔषधसहित पक्राउ पर्नेमा सोही नगरपालिका बस्ने संजय दर्जी र वर्ष ३० को मनोज दर्जी भएको जानकारी दिए।

संजय दर्जीको घरमा चरेश लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण लिइएको हो। बरामद लागुऔषधसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.