|

हेटौँडा : प्रदेश ३ को राजधानी हेटौँडाबाटै  सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा दर्ता सुरु भएको छ। हेटौँडा–११ थानाभर्‍याङमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण सुरु भएको हो।

हेटौँडाबाट नवीकरण हुने लाइसेन्स अब स्मार्ट कार्डमार्फत प्राप्त हुनेछ। बुधबार प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलले सेवाग्राही शिव थापालाई स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गरेर  सेवाको सुरु गरेका हुन्।

कार्यालयले केही दिन अघिबाट चालक अनुमति पत्र दर्ता तथा नवीकरणको काम सुरु गरेको थियो। हालसम्म ३६ जनाले यो सेवा लिइसकेका कार्यालय प्रमुख पोषण थापाले जानकारी दिए। देशभरकै यातायात व्यवस्था विभागको स्मार्ट चालक अनुमति पत्र दर्ता तथा नवीकरण प्रणालीमा यस कार्यालयको प्रणाली जोडिएको कार्यालयका अधिकृत सुरेश चपाईंले बताए।

अधिकृत चपाईंका अनुसार स्मार्ट लाइसेन्स हुनेको देशभरकै सेवाग्राहीको काम यहीँबाट हुने भएको छ भने स्मार्ट लाइसेन्सबाहेक भने ३ नम्बर प्रदेश भरिका जिल्लाका सेवाग्राहीले यहाँबाट सेवा लिन सक्ने छन्। कार्यालयबाट चालक अनुमति पत्र दर्ता तथा नवीकरण वितरणबाहेक सवारी दर्ता, कर नवीकरण, जाँच पास, रोड परमिट, पञ्जिकरणको काम पनि हुँदै आएको उनले बताए।

यातायात क्षेत्रमा औँला ठड्याउन नपर्ने गरि सुधार गछौँ : मुख्यमन्त्री

स्मार्ट लाइसेन्स कार्ड हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेलले यातायात क्षेत्रमा कसैले औँला ठड्याउन नपर्ने गरि सुधार गर्ने बताएका छन्। उनले यातायात क्षेत्रको विकृतिबारे व्यापक जनगुनासो रहेको भन्दै त्यसको समाधान गर्न प्रदेश सरकारले काम सुरु गरिसकेको बताए।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ का यातायात व्यवस्था कार्यालयहरुमा भद्रगोल रहेको भन्दै सबै कुरा सुधार हुने दाबी गरे। उनले जनशक्तिको अभाव काम गर्नु पर्दा संक्रमण कालको अनुभूति भइरहेको बताएका थिए। प्रदेश सरकारले आफ्नो काममा तीव्रता दिइएको भन्दै परिणाम केहि समयपछि देखिने उनको जिकिर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.