|
File Photo

पाँचथर : मिक्लाजुङ गाउँपालिका-३ आरूबोटेमा हत्या गरिएका दुई परिवारका नौसहित १० जनाको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको छ।

आरूबोटेबाट ट्याक्टर र ६ नम्बर बुधबारेबाट शव वाहनमा राखेर बुधबार बिहान धरान पुर्‍याइएको प्रदेश-१ प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए।

उनका अनुसार ७५ वर्षीय बमबहादुर फियाक,उनकी श्रीमती ७५ वर्षीया पुर्सिमाया फियाक,४१ वर्षीय ज्वाइँ धनराज शेर्मा, उनकी श्रीमती ३६ वर्षीया जस्मिता फियाक शेर्मा, कान्छी छोरी २६ वर्षीया मनकुमारी फियाक माखिम, नातिनीहरू १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा, ८ वर्षीया इक्सा शेर्मा र १० वर्षकी आशिकाकुमारी खजुमको शव पोष्टमार्टमका लागि धरान पुर्‍याइएको हो।

उनीहरूको सोमबार राति धारिलो हतियार प्रयोग गरी वीभत्स तरिकाले हत्या भएको थियो। हत्यामा संलग्न भएको आशंका गरिएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको शव पनि धरान पुर्‍याइएको छ। उनी मंगलबार बिहान मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बाको हँसारीस्थित मालबासे जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

जिल्ला अस्पताल पाँचथर र प्राथमिक स्वास्थ्य केन्द्र रविमा पोष्टमार्टमका लागि पर्याप्त जनशक्ति र प्रविधिको अभावमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो। तर,  पोष्टमार्टममा आफन्त आवश्यक पर्ने भए पनि परिवारका सदस्यहरूको हत्यापछि कोही पनि नभएको प्रवक्ता न्यौपानेले बताए।

भागेर ज्यान बचाउन सफल सीता खजुम लिम्बू भने लाइफलाइन अस्पताल दमकमा उपचाररत छिन्। आफन्त नै नभएपछि शवको पोष्टमार्टम मंगलबारे हुने वा नहुने भन्न नसकिने न्यौपानले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.