|
प्रतीकात्मक तस्बिर

संखुवासभा : खाँदबारीको  एक होटल पक्राउ परेको तीन जनामाथि मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिएका छन्।

शनिबार राति होटलमा अनैतिक क्रियाकलाप संचालन भएको सुराकिका आधारमा संखुवासभा प्रहरीले होटल संचालिकासहित पाँच जनालाई रंगे हात पक्राउ गरेको थियो। पक्राउ परेका पाँचमध्ये दुई जनालाई भने छाडिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए।

मानव बेचबिखनसम्बन्धी मुद्दामा अमित भन्ने ढकनारायण राजबंशी, सोमबहादुर रिमाल र होटल संचालिका महिलामाथि ५ गतेबाट लागू हुने गरी सात दिनको म्याद थपिएको जिल्ला अदालत चैनपुरको भनाइ छ। उनीहरूलाई सदरमुकाम खाँदबारीको एक होटलबाट अनैतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरेको स्रोतको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.