|
File Photo

डडेल्धुरा : देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जिल्ला संगठन समिति डडेल्धुराले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्ना एकजना कार्यकर्तामाथि निर्घात कुटपिट गरेको भन्दै दोषीलाई कारवाहीको माग गरेको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा डडेल्धुराले सम्बन्धित निकायसँग कुटपिटमा संलग्नलाई कारवाहीको माग गरेको हो।

जेठ ४ गते परशुराम नगरपालिका–२ गोगन बस्ने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका वडाअध्यक्ष लालबहादुर बोहरालाई पसलमा बसेको विप्लव समूहले अपरहणको शैलीमा घरबाट घिसार्दै खलवलेको जंगलमा निर्घात कुटपिट गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

विप्लव समूहले जेठ ९ गतेभित्र ८० हजार नदिएमा भौतिक शरिर सिध्याइदिने, घरमा बम विस्फोट गराइदिनेसमेत धम्की दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘आलिताल गाउँपालिका–४ का हरिलाल थापा र परशुराम नगरपालिका– २ का करे थापामगरको अपराधिक समूहले धम्क्याएको घटनाप्रति हाम्रो देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जिल्ला संगठन समितिको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अपराधिक गतिविधिप्रति आपत्ति प्रकट गर्दै घोर भर्सना गर्दछौँ’ संयोजक बहादुरसिंह चाडद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.