|

कञ्चनपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका अलोकतान्त्रिक कदमविरुद्ध कार्यकर्ताले जुर्मुराउनु पर्ने बताएका छन्।

बुधबार कञ्चनपुरको पुर्नवास नगरपालिकाको आइविआरडीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेल यस्तो बताएका हुन्। आन्दोलनबाट प्राप्त उपलब्धिलाई कम्युनिस्टले उल्टयाउन खोजेकाले देश र जनातको अधिकारका लागि अगाडि बढ्नु पर्ने उनको तर्क छ।

सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विधेयकबारे बोल्दै नेता पौडेलले भने, ‘नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका अधिकार खोस्न खोजिँदै छ। प्रेसलाई कुण्ठित पार्न ऐन ल्याउन खोज्दैछन्। सहने बानी परेका कांग्रेस कार्यकर्ताले त सहलान तर जनताले अब सहनेवाला छैनन्।’

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन सबैको प्रतिबद्धताको खाँचो रहेको उनको भनाई छ। पार्टीलाई सुधारेर लैजाने कि नलाने यो बहस कार्यकर्ता माझ लैजान आवश्यक भएको उनले बताए। 

निमुखालाई न्याय र विपन्नलाई आय दिने कार्य कांग्रेसले गरेको चर्चा गर्दै उनले पार्टीमा अनुशासन, न्याय र मूल्यांकन गर्ने परिपाटीको विकास गरिने हो भने पार्टी संगठनलाई बलियो बनाउन सकिने बताए।

‘न्याय, निश्पक्षता र पार्दर्शिता भयो भने कांग्रेस बलियो हुन्छ म यहि कुरा बुझाउन सुदूरपश्चिम पुगेको छु। पार्टीलाई कसरी बलियो बनाएर लैजाने कार्यकर्ता र जनताको भावना बुझ्न आएको हु’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.