|

डोटी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा कृषि क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर तयार गर्ने सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। प्रदेशभर एकीकृत कृषि कार्यक्रम सञ्चालन गर्ने बताए।

डोटी बहुमुखी क्याम्पसको ५९ औं वार्षिक उत्सव कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने, ‘एउटा गाउँमा रहेको कृषियोग्य जमिनमा पूरै सिँचाइको व्यवस्था गरिदिने र अन्य आवश्यक कृषि उपकरण उपलब्ध गराइदिने गरि योजना बनाउँदैछौँ’ भट्टले भने ‘उत्पादन राम्रो भयो भने संकलन केन्द्र, कोल्डस्टोर, बाटो लगायतका सवै पूर्वाधार सरकारले तयार गरिदिने गरि योजना बनाउँछ।’ उनले यस वर्ष एक गाउँपालिकाबाट नमूनाको रुपमा यस्तो कार्यक्रम सञ्चालन हुने बताए।

कृषि सँगसँगै पर्यटक र जलश्रोत क्षेत्रलाई पनि प्रदेश सरकारले बिशेष प्राथमिकतामा राखेको मुख्यमन्त्री भट्टले बताए। उनले १० मेगावाटदेखि एक सय मेगावाटसम्मका जलविद्युत आयोजना निर्माण गर्ने गरी प्रदेश सरकारले अध्ययन गरिरहेको जानकारी दिए।

कार्यक्रममा डोटी बहुमुखी क्याम्पसका दुई पूर्व क्याम्पस प्रमुखलाई सम्मान गरिएको थियो। पूर्व क्याम्पस प्रमुख तथा संविधानसभा सदस्य हर्कबहादुर सिंह र पूर्वक्याम्पस प्रमुख तथा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका पूर्वडिन डा. नारद अवस्थीलाई सम्मान गरिएको क्याम्पस प्रमुख कृष्णवहादुर कठायतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.