|
File Photo

हुम्ला : मानसरोवर कैलाश दर्शनका लागि चीन सरकारले भिषा नदिँदा हुम्लाको सदरमुकाम सिमकोटमा पुगेका २० जना भारतीय तीर्थयात्री फिर्ता भएका छन्।

सन्नी ट्रेकमार्फत मानसरोवर कैलाश दर्शनका लागि मुम्बइबाट सिमकोट विमानस्थमा पुगेका भारतीय तीर्थयात्री चीन सरकारले मानसरोवर कैलाश जाने अनुमति नदिएपछि दर्शन नगरि र्फिता भएको सन्न भ्याली रिर्सोट होटलका म्यानेजर निमा लामाले बताए।

सन्नी ट्रेकमार्फत ७५ जना भारतीय तीर्थयात्रीलाई भिषा अनुमतिका लागि चिनियाँ दूतावासमा पठाएको भएता पनि चिनियाँ  दूतावासले ५५ जनालाई मात्र अनुमति दिएको थियो। सँगै आएका २० जनाले अनुमति नपाएपछि  मानसरोवर कैलाश दर्शन नगरि फिर्ता हुनु परेको छ।

हुम्लाको सिमकोट विमानस्थलबाटै र्फकिनु पर्दा आफूलाई दुःख लागेको मुम्बइबाट दर्शनको लागि आएका तीर्थयात्री रेशम तलबारले बताए। उनले भने, 'मलाई केही थाहा छैन, यसबारे काठमाडौंमा ट्राभल एजेन्सीसँग गएर हामीलाई भिषा नदिनको कारण बारेमा बुझ्ने छौँ।'

तीन दिनभित्रै ६०० बढी तीर्थयात्री हुम्लामा

हुम्लाको सदरमुकाम सिमकोट कैलाश मानसरवर दर्शनमार्ग भएर  तिन दिनभित्रमा ६९२ जना भारतीय तीर्थयात्री तिब्बतमा प्रवेश गरेका छन्। मानसरोवर कैलाश दर्शनको लागि उपयुक्त सिजन शुरु भएलगत्तै भारतीय नागरिक र अन्य देशका पर्यटकीय आउने गरेको सिमकोट विमानस्थलले बताएको छ। 

बुधबारसम्म मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो भएर ३३३ जना महिला र ३५९ जना पुरुष गरी जम्मा ६९२ जना भारतीय तीर्थयात्री आएका छन्। कैलाश दर्शनको समय शुरु भएसँगै भारतीय नागरिक लगायतका अन्य देशका नागरिकको आगमनसँग  यात्रुको चाप बढेको छ। अहिले नेपालकै पश्चिम क्षेत्रमा रहेको हुम्लाको सिमकोट विमानस्थ अति व्यस्त विमानस्थ रहेको सिमकोट विमानस्थले जानकारी दिएको छ।

गत वर्ष १२ हजार भारतीय तीर्थयात्री हुम्लाको सिमकोट हुँदै तिब्बतको ताक्लाकोटमा कैलाश मानसरवर दर्शन  गरेका थिए भने यस वर्ष १० हजार मात्र आउन सक्ने आँकलन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.