|

काठमाडौं :  नेपाली युवा स्पिनर सन्दीप लामिछाने फेरि क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा खेल्ने भएका छन्। उनलाई सीपीएलको क्लब बार्बाडस ट्राइडेन्टसले ७० हजार डलर (करिब ७८ लाख ५० हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो। ।

बार्बाडसले बेलायतको लण्डनमा जारी ड्राफ्टको पाँचौ राउण्डमा सन्दीपलाई यो सिजनको सीपीएलका लागि अनुबन्ध गरेको हो । समाचार अनुसार उक्त स्थानमा छानिने खेलाडीले न्यूनतम् ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन्।

सन्दीपलाई अनुबन्ध गरेको बार्बाडस ट्राइडेन्टसले अहिलेसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाजलाई टिममा लिएको छ।

सीपीएलको ड्राफ्टमा नेपालबाट सन्दीपसँगै युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीब्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल पनि परेका थिए । 

यो सिजनको सीपीएल क्रिकेट आगमी सेप्टेम्बर ४ देखि अक्टोबर १२ तारिखसम्म वेस्टइन्डिजमा आयोजना हुँदैछ। पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेर उदीयमान प्रतिभा घोषित सन्दीपले यो पटक आकर्षक पारिश्रमिक पाउने भएका छन्। भएका थिए । 

गतवर्ष सन्दीपले सीपीएलको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए। उनलाई त्यो बेला क्लबले ५ हजार डलरमा मात्रै अनुबन्ध गरेको थियो। गत सिजन उनले ५ खेलबाट ७ विकेट झारेर आफ्नो प्रभाव देखाएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.