|

बेलायती प्रधानमन्त्री टेरेजा मेले सांसदहरूलाई आफूले ल्याएको ब्रेक्जिट सम्झौतालाई समर्थन गर्न आग्रह गरेकी छन्। उनले सांसदहरूका लागि यो अन्तिम मौका हुने बताएकी छन्।

प्रधानमन्त्री मेले आफूले ल्याएको ब्रेक्जिट सम्झौताका पक्षमा मतदान गरे ब्रेक्जिटबारे दोस्रोपटक जनमतसंग्रहको माग पूरा गर्ने शर्त राखेकी छन्।

मेले भनेकी छन्,, ‘यो महत्वपूर्ण मुद्दामा इमानदारीताका साथ लागेकी छु। सरकार दोस्रोपटक ब्रेक्जिटबारे जनमतसंग्रह गराउन सक्छ, तर मतदान तबमात्र हुनेछ जब ईयूबाट अलग हुने विषयसँग जोडिएको सम्झौतालाई सदनमा मान्यता मिल्नेछ।’

ब्रेक्जिटबारे टेरिजा मेले संसदमा राखेका यसअघिका तीन सम्झौता प्रस्ताव अस्वीकार भइसकेका छन्। मेले यसपटक सम्झौता प्रस्तावमा परिमार्जन गरेको दाबी गरेकी छन्। नयाँ प्रस्तावमा १० बुँदा थपेको प्रधानमन्त्रीले बताएकी छन्।

मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भने प्रधानमन्त्री मेको ब्रेक्जिट सम्झौता प्रस्तावलाई समर्थन गर्न नसकिने बताएको बीबीसीले लेखेको छ। पुरानै प्रस्तावलाई पुनः प्रस्तुत गर्न लागिएकाले समर्थन गर्न नसकिने कोर्बिनको भनाइ छ।

प्रधानमन्त्री मेले यसअघि पनि सम्झौतामा सहमति जुटाउन धेरै प्रयास गरिसकेकी छन्। उनलाई प्रत्येकपटक असफलता मात्रै हात लागेको छ। उनले गत महिना आफ्नो प्रस्ताव पारित भए प्रधानमन्त्री पद त्याग गर्नेसम्मको घोषणा गरेकी थिइन् र पनि उनी असफल भएकी थिइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.