|

पाँचथर : मिक्लाजुङ गाउँपालिका-३ मा ९ जनाको हत्या भएको घटनालगत्तै यहाँ अर्का युवक मृत भेटिएका छन्।

फाल्गुनन्द गाउँपालिकाको अस्थायी सेवा केन्द्र रहेको घुर्बीसे पञ्चमी बजारमा ती युवक मृत फेला परेका हुन् । बाहिरबाट चाबी लगाइएको कोठा भित्र करिब ३५ वर्षीय सुरेन लिम्बुको शव भेटिएको स्थानीयबासीले बताएका छन् । लिम्बू दिउँसोदेखी हराइरहेका थिए।

उनी दक्षिण कोरियाबाट केही दिनअघि घर फर्किएका थिए। इलाम र पाँचथरको सीमावर्ती बजार रहेको घटनास्थल इलामतर्फ पर्दछ । सुरेनकी श्रीमतीले केही समयअघि मात्रै स्थानीय भूतपूर्व भारतीय सैनिकसँग दोस्रो विवाह गरेको खुलेको छ।

दिउँसोबाट हराएका लिम्बूको खोजी गर्ने क्रममा बेलुकी ६:४५ बजे बन्द कोठामा शव भेटिएको फाल्गुनन्द गाउँपालिकाका योजना शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.