|

मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा निधन भएको हो। पाहाङ राज्यबाट उनी केन्द्रीय राजा बनेका थिए। पाहाङ राज्यको भने उनी पाँचौँ राजा थिए ।

त्यहाँका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्। राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान उनको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ।

सन् १९३० मा जन्मिएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष राजा बनेका थिए।मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ।

मलेसियामा अहिले सुल्तान अब्दुल्ला अहमद शाह राजा भएका छन्। निर्वाचित संवैधानिक राष्ट्रप्रमुखका रूपमा उनी मलेसियाको १६ औँ राजा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.