|
File Photo

पर्सा  :  पर्सा–बारामा बुधबार साँझ आएको असिनासहितको हावाहुरीमा परी एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुने पर्साको पकाहा मैनपुर १, धोरेका दिनेश सहनीकी १५ वर्षीय छोरी श्रुतीकुमारी सहनी रहेके पर्सा प्रहरीले जनाएको छ।।

हावाहुरीको समयमा गाउँकै स्थानीय बजारबाट तरकारी लिएर घर फर्कदै गरेकी श्रुती ओत लागेको रुखको हाँगो भाचिएर घाइते भएकी थिइन्। उनलाई वीरगन्जको वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गराएकाे थियाे । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

हावाहुरीले बारा पर्सामा रहेको किसानको खेतमा भएका बालीमा सबैभन्दा बढि क्षति पुर्‍याएको छ।  त्यस्तैसडक छेउका रुख र बिजुलीका पोेल ढाल्दा बारा, पर्साका धेरै गाउँमा अहिले सम्म पनि विजुली बत्ती पुग्न नसकेको बारा, पर्साका प्रहरीले जनाएको छन्। गत चैत १७ गतेको टाेर्नाडोबाट पीडितको त्रिपाल उडाएको बाराका प्रहरी नायव उपरिक्षक रंजित सिंह राठोरले थाहा खबरसँग बताए।  

गन्जभवानीपुरमा रहेको प्रहरीको प्रतिक्षालयमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ उनको भनाइ छ। पर्सामा पनि धेरैका घरको छानो उडाएको छ। ग्रामिण भेगका अमरपटी, भिस्वा बन्जारी, आसवारी, धोरे, प्रसौनी भाठाको प्रहरी चौकीमा पनि क्षति पुर्‍याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.