सांस्कृतिक सहरमा पर्यटकको आकर्षण

|

काठमाडौं : नेपालको आर्थिक उन्‍नतिमा पर्यटकीय क्षेत्रको उल्लेखनीय योगदान छ। संघीय राजधानी सहर काठमाडौं कला संस्कृतिका लागि विश्वमै धनी मानिन्छ। काठमाडौं उपत्यका ऐतिहासिक हर भएकोले विश्वभरबाट पर्यटक आउँछन्। 

नेपाल आउने पर्यटकले विशेष रुचिकासाथ घुम्‍ने गन्तव्यमा वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र पर्दछन्। यी ऐतिहसिक स्थानहरु विश्व सम्पदा सूचीमा पनि छन्।

नेपाल आउने प्राय: पर्यटकहरु यी क्षेत्रमा कम्तिमा एक पटक पुग्ने गर्दछन् । पर्यटकीय आकर्षणका यी गन्तब्यहरु हस्तकलाले पनि चिनिएका छन्। यी क्षेत्रका हरेक गल्ली र सडक नेपाली हस्तकलाका सामानले सजिएका हुन्छन्। नेपाली मौलिकता झल्काउने कलात्मक हस्तकलाका सामानले पर्यटकलाई आकर्षित गरिरहेका हुन्छन्।

नेपालको कला संस्कृति झल्काउलेन यी सामानले पर्यटकको मन लोभ्याउने गर्छन्। वसन्तपुर, पाटन, भक्तपुर र बौद्ध क्षेत्रमा कलात्मकरुपमा सजिएका यिनै सामाग्री हेर्न हामी तपाईंहरुलाई लैजाँदैछौं।

हेर्नुस् फोटो फिचर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.