|

रुकुम : रुकुम (पूर्व) भूमे गाउँपालिका ७, गुनाम गाउँमा छोराले बाबुको हत्या गरेका छन्। २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको जानकारी दिए। प्रारम्भिक जानकारीअनुसार घरायसी कारणले हत्या भएको हुनसक्ने अनुमान गरिए पनि हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेर थप अनुन्धान भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.