|

पाँचथर : पाँचथरको आरूबोटेमा हत्या गरिएका नौजनाको शवलाई छुट्टाछुट्टै ठाउँमा अन्त्येष्टि गरिने भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानदेखि पोष्टमार्टमपछि विहान ल्याई पुर्‍याएको शवमध्ये धनराज शेर्मासहित श्रीमती जस्मिता फियाक शेर्मा, छोरीहरु युहाना शेर्मा र मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको शवलाई सराङ्डाँडाको नसुवा खोलामा अन्त्येष्टि गरिने भएको छ।

बमबहादुर फियाक, उनका श्रीमती पुर्सिमायाँ फियाक, कान्छी छोरी मनकुमारी फियाक र नातीनी आशिका खजुमको भने आरूबोटेको फाल्गुनन्द आधारभूत विद्यालय छेउको चिहानडाँडामा अन्त्येष्टि गरिने भएको हो। मिक्लाजुङ–३ का वडा सदस्य जगत राईले धनराज शेर्माका आफन्तले हत्या गरिएका शेर्मा परिवारका सदस्यहरूको शवलाई पुर्ख्यौली गाउँमा अन्त्येष्टि का लागि लाने भनेपछि शव पठाइएको बताए। फियाक परिवारसँगै नातिनी आशिकाको भने अन्त्येष्टि को तयारी भएको वडा सदस्य राईले बताए।

उनीहरूको सोमबार राति खुकुरी प्रहारबाट सुतिरहेका बेला हत्या भएको थियो। हत्यामा संलग्नताको आशंका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिममाथि गरिएको छ। प्रारम्भिक अनुसन्धान र प्राप्त केही सबुत प्रमाणका आधारमा प्रहरीले पनि उनले नै नौजनाको हत्या गरेको निष्कर्ष निकालेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यद्यपि, उनी पनि मंगलबार बिहान मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर–८,दर्दिम्बाको हंसारिस्थित मालवासे जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनको पनि शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि अन्त्येष्टि का लागि बिहीबार बिहान आफन्तलाई बुझाइएको वडा सदस्य राईले बताए।

तर स्थानीयवासीले भने यदि माखिम घटनामा संलग्न भए पनि उनी एक्लैले नौजनाको हत्या गर्न नसक्ने दाबी गर्दै आएका छन्। स्थानीय मनकुमारी तामाङले दुईवटा घरमा गएर एउटामा ५ जना र अर्कोमा ४ जनाको हत्या गर्न नसक्ने भन्दै हत्यामा अरू कसैको पनि संलग्नता हुन सक्ने बताए।

माखिम झुण्डिएको अवस्थामा मृत फेला परेको स्थान आसपासमा तीन वटा टि–सर्ट भेटिनुले उनको यो दाबी बलियो छ भन्न सकिन्छ। किनभने एकै जनाले तीन वटा टि–सर्ट लगाउने गरिन्न। तामाङले प्रहरीले गम्भिर भएर अनुसन्धान गर्न जरुर रहेको औंल्याइन्। वडाध्यक्ष हस्तराज फियाकले पनि योजनाबद्ध रुपमा घटना भएको हुन सक्ने भन्दै घटनाको गहिरो अध्ययन् आवश्यक रहेको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.