|

पोखरा : गायिका अनिता पन्तको ‘मोयाकै नाम प्यारो’ बोलको लोकदोहोरीको भिडियो सार्वजनिक भएको छ। गायक तथा सर्जक रमेशबाबु थापाको लय तथा शब्द रहेको गीतको भिडियो पोखरामा लोकार्पण गरिएको थियो। गीतमा अनिता थापाले स्वर दिएकी  छिन्। 

नेपाल संगीत नाट्य प्रतिष्ठानका प्राज्ञ प्रजापती पराजुलीले संगीतमा लगानी बढिरहेको औल्याउँदै राम्रा गीतलाई स्रोताले मन पराइरहेको सुनाए। उनले गीतको शुभकामना दिँदै निरन्तर लागिरहनको लागि पनि गायिका पन्तलाई आग्रह गरे।

कार्यक्रममा गोर्खा मिलन समाजका अध्यक्ष तिलक तिवारी, मगर चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका तदर्थ समितिका सदस्य गायक कृष्ण सुवेदी, ताण्डव साप्ताहिक पत्रिकाका सम्पादक अर्जुन गिरी, सर्जक रमेशबाबु र गायिका अनिता लगायतले बोलेका थिए। 

गीतको म्युजिक भिडियोमा प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ। भिडियोमा रमेशबाबु र सुप्रिया रानाको अभिनय रहेको छ। संगीत संयोजन विश्वास नेपालको रहेको छ भने राजेश घिमिरेको छायांकन र विष्णु शर्माको सम्पादन रहेको छ। गीतलाई गायक सर्जक शिव हमालको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.