|

जुम्ला : पाताराशि गाउँपालिकाको महरी गाउँमा पहिलो पटक बिजुली पुगेको छ। ४२ घरधुरी रहेको उक्त गाउँमा दियालोको भरमा रात बिताउने गरेका स्थानीय बिजुली पुगेपछि हर्षित भएका छन्। 

महरी गाउँमा ७० लाख रुपैयाँको लागतमा ६ किलोवाट बिजुली उत्पादन गरिएको हो। बिजुली परीक्षणको क्रममा रहेकाले अझै वाट बढ्न सक्ने अनुमान गरिएको छ। स्विजरल्याण्ड र अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण एकीकृत विकास सेवा नेपाल जुम्लाको सहजीकरणमा महरी गाउँमा बिजुली उत्पादन गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मन बोहोराले अन्धकारमा रहेका नागरिकले बिजुली बाल्न पाएकोमा खुसी व्यक्त गरे। उनले बिजुलीलाई बाल्नको लागि मात्रै प्रयोग नगरी अन्य काममा पनि प्रयोग गर्न सुझाव दिए। उनले स्कुलमा पढ्ने विद्यार्थीलाई कम्प्युटर सिक्न र रातिको सयममा अध्ययन गर्न सहज हुने विश्वास व्यक्त गरे।

 गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेकावहादुर बुढाथापाले बिजुली गाउँमा पुग्नु स्थानीय सक्रियता र दाताको महत्त्वपूर्ण भूमिका रहेको बताए। 

ग्रामिण एकिकृत विकास सेवा नेपाल जुम्लाका जिल्ला कार्यक्रम संयोजक हरिपाल नेपालीले गाउँमा बिजुली बाल्न स्थानीयले देखाएको तत्परता र सक्रियताले सम्भव भएको बताए। गाउँमा निर्माण भएको विद्युत् गृहको रेखदेख र संरक्षण गर्ने दायित्व स्थानीयले लिनुपर्ने भन्दै उनले स्थानीलाई लामो समयसम्म सेवा लिन आग्रह गर्नु गरे।

नमुना गाउँ बन्यो मोहोरी

विगतमा एकदमै दुर्गम भनेर चिनिएको तत्कालीन छुमचौर गाविस तथा पातारासी गाउँपालिकाको अन्तिम गाउँ मोहोरी गाउँमा जुम्लाकै नमुना बिद्युत् उत्पादन भएको  छ। ६ वटा मोडुलर ब्राण्डको टर्बाइन न्यूजिल्याडबाट ल्याई जडान गरिएका छ। जसबाट ६ किलोवाट बिजुली निकाली २४ सै घण्टा गाउँमा बत्ती बलिएको छ भने आवश्यक परे अरू थप टर्बाइन जडान गर्न सकिने बताइएको छ।

बढी भएको बिजुलीको खपत गर्नका लागि पानी तताउने मेसिनको पनि जडान गरिएको छ। रिड्स नेपालका अन्तर्राष्ट्रिय डाइरेक्टर डाक्टर आलेग्स जाहान्टले तातोपानी प्रणालीको उद्घाटन गरेकी छन्। उनका अनुसार गाउँमा बिजुली बढी भएकाले बिजुली खपत गर्नको लागि ५० जनाले एक दिनमा नुहाउन सक्ने तातोपानी आउने व्यवस्था पनि गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.