|

एजेन्सी :  लोकसभा चुनावमा मिलेको प्रचण्ड बहुमतबाट भारतीय जनता पार्टीमा खुशीको माहौल छ। अहिलेसम्मको परिणाम अनुसार भाजपाले ३३१ सिटमा अग्रता बनएको छ भने १५ सिटमा जित निकालेको छ ।

भाजपा एक्लै बहुमत नजिक छ।  यसलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकपछि अर्को ट्विट गरेका छन्।

'थ्याङ्‍क यु इन्डिया ! हाम्रो गठबन्धनमा विश्वास कायम छ। यसले हाम्रा जनताको आकांक्षा पूरा गर्नका लागि अझै बढी मेहनत गर्ने शक्ति दिएको छ। म दृढ निश्चय, दृढता र कडा मेहनतका लागि हरेक भाजपा कार्यकर्तालाई सलाम गर्छु। उनीहरु हाम्राो  विकासको एजेन्डा लिएर घर घर पुगेका थिए।'

यस भन्दा पहिले मोदीले अर्को पनि ट्विट गरेका थिए। 'सबको साथ+सबको विकास+सबको विश्वास = विजयी भारत।' उनले आफूहरु एकसाथ अघि बढ्ने बताए। 'हामी साथमा समृद्ध हुनेछौँ। हामी मिलेर एक मजबूत र समावेशी भारतको निर्माण गर्नेछौँ। भारतले फेरि जितेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.