पत्रकारितामाथि प्रश्न उठेको स्वीकार

|

काठमाडौं : विभिन्न सञ्चार माध्यममा आवद्ध २१ जना सम्पादकहरुको समूहले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । 

उनीहरुले बिहीबार संयुक्त विज्ञप्ति निकालेर संसदमा पेश भएको पत्रकारितासम्बन्धी विधेयकहरु लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म विपरीत रहेको ठहर गर्दै फिर्ता गर्न माग गरेका हुन् । 

‘संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता यो विधेयकले संकुचित गर्छ भन्ने हाम्रो निष्कर्ष छ’, विज्ञप्तिमा भनिएको छ । 

सरोकारवालाहरुसँग परामर्श नै नगरी ल्याइएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन र आफूहरुसँग यसबारे छलफल गर्न सम्पादकहरुले सरकारसँग भनेका छन् । सम्पादकहरुले पत्रकारिताका नाममा देखिएका विकृति र असंयमित प्रस्तुतिका कारण पत्रकारिताप्रति प्रश्न उठेको पनि स्वीकार गरेका छन् । 

संयुक्त विज्ञप्ति निकाल्ने सम्पादकहरुमा अखिलेश उपाध्याय, अनुप काफ्ले, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभुषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापा छन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.