विश्व

राहुलले अमेठीमा हार स्वीकारे, मोदी र स्‍मृति इरानीलाई दिए बधाई
SHARES

जेठ ९, २०७६

    नयाँ दिल्‍ली : भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमोठीमा हार स्वीकार गरेका छन्। उनले आफ्नी प्रतिस्पर्धी भाजपा उम्मेदवार स्मृति इरानीलाई जितेकोमा बधाई दिएका छन्।

    राहुलले आफ्नो हार स्वीकार गर्दै  लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि जितेकोमा बधाई दिएका छन्। राहुलले भाजपा नेता स्‍मृति इरानीलाई पनि बधाई दिएका छन्। जसले गान्धी परिवारको परम्परागत सिट अमेठीबाट जित दर्ता गराउँदैछिन्। 

    लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी ठुलो जिततर्फ अघि बढिरहेको छ। कांग्रेस १०० सिट भन्दा तल समेटिँदा भाजपा ३५० माथि जाने देखिएको छ। 

    राहुललाई उत्‍तर प्रदेशको अमेठी सिटमा भाजपाकी स्‍मृति इरानीले कडा टक्कर दिँदै मतान्तर बढाएर जित नजिक पुगेकी हुन्। यस्तोमा राहुलले  स्‍मृति इरानीलाई परिणाम अघि नै बधाई दिएका हुन्।

    'मैले चुनाव अभियानमै भनेको थिएँ,  जनता मालिक हुन्। आज जनताले आफ्नो निर्णय सुनाएका छन्। म पिएम मोदीलाई बधाई दिन्छु। हाम्रा जो उम्मेदवार लडे, उनलाई धन्यवाद दिन्छु। हाम्रो लडाई विचारधाराको लडाईं हो। हामीले यो चुनावमा मोदीको जित भएको स्वीकारेका छौँ', राहुलले पत्रकार सम्मेलनमा भने, 'अमेठीमा स्मृति इरानीले जितिन्। मायाले अमेठीका जनता हेरचाह भइरहोस भन्ने म चहान्छु। के गलत भयो आज म केही बोल्दिन। आजै नतिजा आएकाले केही भन्दिन। जनता मालिक हुन्, जनताले निर्णय सुनाएका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]