|
File Photo

रुकुम : रुकुम पूर्वमा ट्याक्टर दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ। जिल्लाको देउखोलाबाट सदरमुकाम रुकुमकोटतर्फ आउदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर भुमे गाउँपालिका ५ को बालुवा भन्ने ठाउँमा दुर्घटना हुँदा सिस्ने गाउँपालिका-४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहोराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार ट्याक्टर सडकबाट एक सय मिटर तल सानीभेरी नदीमा खसेको छ। दुर्घटनामा परी पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का १६ वर्षीय कृष्ण रसाइली र त्रिवेणी गाउँपालिका ५ रुकुम पश्चिमका १७ वर्षीय लक्ष्मण वली घाइते भएका छन्।

घाइतेलाई स्वास्थ्यचौकी रुकुमकोटमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम रिफर गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए। ट्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावत प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.