|

डडेल्धुरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धिको शिलान्याससमेत गर्न नसकेको आरोप लगाएका छन्। बिहीबार डडेल्धुरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन्।

नेकपाको वर्तमान सरकारले १४ महिनासम्म समृद्धिका ठूल्ठूला सपना बढने बाहेक केही काम गर्न नसकेको उनले दाबी गरे। उनले भने ‘बहुमतको सरकार भन्छन्। आयो १४ महिना भइसक्यो। के गरे? हामीले बनाएका सडकहरु, पुलहरु, भवनहरु, नहरहरु उद्घाटन गर्न बाहेक कहाँ नयाँ के सिलन्यास गरे त? कुन कलकारखाना कुन उद्योग सुरुवात भयो?' उनले प्रश्न उनले गरे।

अहिलेको सरकारको पहिले प्राथमीकता आफना नेता कार्यकर्ता कसरीलाई बजेट दिने वा बजेटलाई कार्यकर्ता मुखी बनाउने रहेको नेता पौडेलको भनाइ छ। उनले कांग्रेसले जितेका स्थानीय तहमा बजेट नै नदिने यहि हो समावेशी लोकतन्त्र भन्दै नेकपाको सरकारलाई पक्षपाति सरकारको संज्ञा दिए।

नेपाली कांग्रेस डडेल्धुराको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ। शासकहरू केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने  स्थिति आएको हो।’ आफ्नो पार्टीलाई जात, क्षेत्र, धर्म र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनको भनाइ थियो।

एक अर्का फारक प्रसंगमा पौडेलले भने ‘हामीमाथि मिल्छौं तर तलका कार्यकर्ता साथी कसरी अरुलाई कमजोर बनाउने भने दाउमा लाग्छन्, अनि कांग्रेस कसरी ठूलो पार्टी बन्छ।’

वरिष्ठ नेता पौडेलले जिल्लाका नेता तथा कार्यकर्ताहरुले पनि नेपाली कांग्रेसको सिद्धान्तलाई लिएर अब गाउँगाउँमा जनताको भावना जान निर्देशन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.