|

राष्ट्रिय स्तरबाट हुने सर्वाधिक ठुलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्रीकप आज (शुक्रबार)बाट सुरु हुदै छ। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण टीयु मैदान कीर्तिपुरमा नेकपा अध्क्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको छ।

मुलपानि क्रिकेट मैदानमा उदघाटन गर्ने तयारी यसअघि गरिएपनि राखेपले प्रतियोगिताको उदघाटन अन्तिम समयमा टियु मैदानमा नै गर्ने निर्णय गरेको हो। नेपाल इन्नेशनलका अध्यक्ष शुभाष प्रधानले मुलपानि मैदान खेल्नका लागि योग्य भएपनि कुनैपनि पक्ष कमजोर नहोस भन्नका लागि अझै दुई दिन समय लिएको बताए । उनले भने ‘मुलपानीमा अभ्यास गरेर हेरेका छौं। सबै खेल्न लायक छ तर पहिलो प्रतियोगिता भएकाले कुनैपनि कुरामा नचुकौं भन्नका लागि थप दुई दिन लिने निर्णय गरेका छौं।’ उनले मुलपानिमा हुने प्रतियोगिता १२ जेठबाट हुने जानकारी दिए । प्रधानमन्त्री कपको खेल तालिकामा परिवर्तन भएपनि तोकिएको मितिमानै प्रतियोगिता समापन हुने प्रधानले बताए। उनले भने ‘जसको जुन टिमसँग खेलाउने हो त्यो यथावतनै रहन्छ तर खेल मितीमा भने केहि परिवर्तन हुन्छ । त्यसको परिर्वतन मिति शुक्रबारनै सार्वजानिक गर्ने छौं ।’

शुक्रबारबाट सुरू हुने प्रतियोगिता २५ जेठसम्म सन्चालन हुने छ। मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा चल्ने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरि १० टोली रहेका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतिष्पर्धा गराँइदै छ। समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदुरपश्चिम र गण्डकी रहेका छन्। समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।

प्रधानमन्त्री कपको विजेताले ट्रफिसहित २० लाख प्राप्त गर्ने छ। दोस्रो हुने टोलीले १० लाख  पाउँदा उत्कृष्ट खेलाडीले मोटर साइकल प्राप्त गर्ने छ। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्। प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.