नेपालमा हिन्दुराष्ट्र फर्किने विश्वास

|
मोदीको तस्बिरसहित निकालिएको र्‍याली । तस्बिर : आप्पन वीरगन्ज डटकम

वीरगन्ज : भारतको लोकसभा चुनावमा सत्तारूढ पार्टी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक सफलता पाएको भन्दै नेपालको वीरगन्जमा अलग अलग समूहले खुसीयाली मनाएका छन्। 

ती समूहले मोदीको तस्बिरसहितको ब्यानर बोकेर सहर परिक्रमा गरे भने दीप प्रज्ज्वल र मिठाइ पनि बाँडेका छन्। मोदीको जीतको खुसियालीम विश्व हिन्दू संगठन नामका युवाले वीरगन्जको घन्टाघरबाट मोटरसाइकल र्‍याली निकालेका हुन्।

ओईसही नागरिक समाज पर्साले घण्टाघरमा मोदी नेतृत्वको पार्टीको विजयको खुसियालीमा मिठाई वितरण गरेको छ। मिठाई वितरणपछि त्यही स्थानमा बिहीबार साँझ मैनबत्ती पनि बालिएको छ।

यसअघि मोटरसाइकल र्‍याली घण्टाघरबा गरेर हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए। उनीहरूले मोदीको फोटो र झन्डासहित वीरगन्जको शंक्राचार्य गेटसम्म पुगेर घण्टाघरमै कोण सभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै कृष्ण चौरसियाले मोदीको जित भारतसहित नेपालको हितमा पनि रहने बताए। मोदीको जितले विश्वभर रहेकाहिन्दूको हित हुने बताउँदै उनले नेपाललाई पनि हिन्दू राष्ट्र घोषणा गर्न सफल हुने विश्वास व्यक्त गरे।

सबै तस्बिर : आप्पन वीरगन्ज डटकमको फेसबुकबाट


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.