|
फोटो : गुगल

सनातन धर्मावलम्बीको महत्त्वपूर्ण ग्रन्थ महाभारत। साहित्यिक दृष्टिले संसारकै सबैभन्दा पुरानो र ठूलो काव्य। भनिन्छ, महाभारतमा केही कुरा छुटेका छैनन्। यहाँ धर्मनीति, राजनीति, कूटनीति, लोकनीति, व्यवहारनीतिलगायत सबैप्रकारका नीति र ज्ञानविज्ञानका धेरै कुरा पाइन्छन्। तीमध्ये केही नीतिका कुरा–

ऋणको शेष, अग्निको शेष तथा शत्रुको शेष क्रमशः बढिरहेकै हुन्छन्। त्यसैले यिनीहरूको शेष राख्नु कल्याण मानिँदैन।

आफ्नो कल्याणको कामना गर्नेले निन्द्रा, तन्द्रा, भय, क्रोध, आलस्य आदि दुर्गणलाई छाडिदिनु पर्छ।

शत्रुको पनि गुण छ भने ग्रहण गर्नु। यदि गुरुमा पनि दोष छ भने भनिहाल्नु।

सत्यद्वारा धर्मको रक्षा हुन्छ। योगद्वारा  विद्याको रक्षा हुन्छ। स्वच्छताले रूपको रक्षा हुन्छ भने सदाचारबाट कुलको रक्षा हुन्छ।

काम, क्रोध र लोभ यी तीन कुरा नरककै द्वार हुन्। यिनीहरूले आत्माको नाश गरेर नरकतिर लैजान्छन्। त्यसैले यी तीनैलाई छाडिदिनु।

जबसम्म भय आउँदैन, भयरहित भएर(डराएर) रहनु। जब भय आउँछ, भयरहित भएर (नडराई) सामना गर्नु।

जन्म लिने व्यक्ति निश्चित रूपमा मर्छ। मर्ने व्यक्ति निश्चय नै जन्म लिन्छ। त्यसैले मृत्युको विषयमा धेरै शोक गर्नु व्यर्थ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.