|

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई ऐतिहासिक जित दिलाएकोमा विश्वभरका नेताले उनलाई बधाइ दिइरहेका छन्। मोदीलाई बधाइ दिनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पाकिस्तानी प्रधानमन्त्री इमरान खानसम्म छन्। 

बधाइ दिने सबैलाई मोदीले धन्यवाद दिएका छन्।  भारतीय लोकसभाको निर्वाचनमा  ऐतिहासिक जित जित दिलाएपछि उनलाई विश्वका नेताले उनलाई बधाइ दिइरहकेका छन्। बधाइ दिनेमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा राप्रपा अध्यक्ष कमल थापा पनि छन्। उनीहरू सबैलाई धन्यवाद दिएका छन्। 

प्रधानमन्त्री ओलीले दिएको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन्, ‘तपाईँको शुभकामनाका लागि धन्यवाद।’ नेपाल र भारत पुरानो समयदेखि घनिष्ठ मित्र र छिमेकी देश रहँदै आएको चर्चा गर्दै उनले दुई देशका नागरिकबीचको सम्बन्धले यसलाई अझ मजबुत बनाएको बताएका छन्। उनले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा लैजान प्रधानमन्त्री ओलीसँग सहकार्य जारी राख्न चाहेको जनाएका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको बधाइ सन्देशको जवाफमा मोदीले यस क्षेत्रमा आफूले जहिले पनि शान्ति र विकासलाई प्राथमिकता दिएको जनाएका छन्। उनले बधाइ सन्देशका लागि इमरानप्रति हार्दिक आभार प्रकट गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन्, ‘म तपाईँसँग निकटतापूर्वक द्विपक्षीय सम्बन्धका लागि काम गर्न उत्सुक छु, जो वैश्विक शान्ति र समृद्धिका लागि राम्रो होस्।’ 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मोदीलाई ट्वीटरमा हिन्दी भाषामै बधाइ सन्देश दिएका छन्। उनले भनेका छन्, ‘तपाईको प्रभावशाली जितमा हार्दिक बधाई, यो चुनावी नतिजाले एक पटक फेरि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईको नेतृत्वलाई प्रमाणित गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.