|

- मेगराज खड्का

रुकुम : सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मध्यपश्चिम क्षेत्रिय पुरुष भलिबलको उपाधि आयोजक रुकुमले जितेको छ।

मुसिकोट खलंगाको बह्राटाकुरा खेलमैदानमा बिहिबार भएको फाइनलमा दैलेखलाई पराजित गर्दै रुकुमले उपाधी हात पारेको हो।   रुकुमले उपाधिसँगै लगातार दुई पटक क्षेत्रिय पुरुष भलिबलको उपाधि जित्‍ने इतिहास बनाएको छ। २०६८ सालमा कालिकोटमा भएको प्रतियोगीतामा रोल्पालाई पराजित गर्दै रुकुमले उपाधि जितेको थियो।

बिहिबारको खेलमा रुकुमले दैलेखलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २५–२३ ले जितेको रुकुम दोस्रो सेटमा दैलेखसँग २५–२१ ले पराजित भएको थियो। रुकुमले तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले जित्यो। प्रतियोगिताको सेमिफाइनलमा रुकुमले जुम्लालाई र दैलेख कालिकोटलाई पराजित गरेका थिए। 

बिहिबारै जुम्लालाई पराजित गर्दै कालिकोटले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्‍यो।  हो। मंसिर २६ गतेबाट प्रतियोगिता सुरु भएको प्रतियोगिता सफलतापूर्वक सम्पन्‍न भएको मध्यपश्चिम खेलकुद विकास समितिका सदस्य तथा प्रतियोगिता संयोजक टपेन्द्र केसीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.