|

कपिलवस्तु : प्रहरीले नलकटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका–८, दोहनी बस्ने २८ वर्षीय राधेश्याम कोहारलाई बिहीबार राति नलकटुवा पेस्तोल १ थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीको गस्ती टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। कोहारलाई चेकजाँच गर्दा १२ बोर नलकटुवा पेस्तोल बरामद भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।

पक्राउ परेका कोहारलाई हतियार ओसारपसारविरुद्ध मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.