|

फिक्कल : इलामको सूर्योदय नगरपालिका–६ तारगाँउमा रूखले किचेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय भेषराज गजमेर छन्। विद्यालय आउँदै गरेको अवस्थामा हर्कटे–तारगाउँ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रूखले लागेर उनको मृत्यु भएको स्थानीय बुद्ध कार्कीले जानकारी दिए।

उनीसँगै कृष्णाश्रम मावि कन्याममा अध्ययरत कृतिका रसाइली घाइते भएकी छन्। घाइते रसाइलीको सूर्योदय फिक्कल पोलिक्लिनिकमा सामान्य उपचारपछि झापातर्फ लग्ने तयारी गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.