बच्चालाई अपहरण गरेर गोली हानिदिने धम्की

|

काठमाडौं : एक मायालु जोडी अरुलाई धम्की दिँदै रकम अुसलीमा संलग्न भएको अभियोगमा प्रहरीको फन्दामा परेका छन्। 

कैलालीको टीकापुर नगरपालिका–९ घर भइ बालकुमारी बस्ने २४ वर्षीय लोकेन्द्रबहादुर शाही र उनकी प्रेमिका टीकापुर–९ कै २० वर्षीया रुवी ठाकुरलाई महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार पक्राउ गरेको हो।

उनीहरुले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भइ काठमाडौँको बुद्धनगर बस्ने ४२ वर्षीय सीताराम कार्कीलाई धम्की दिएर ५ लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ । 

लोकेन्द्रले सीतारामलाई विभिन्न नम्बरबाट फोन गरेर ५ लाख रुपैयाँ नदिए छोरालाई अपहरण गरी गोली हानी मारिदिने धम्की दिएको महाशाखाका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए।

‘लोकेन्द्रले कार्कीलाई एसएमएससमेत गरेर पटक पटक धम्की दिएको पाइयो’, ढकालले भने, ‘धम्क्याउन प्रयोग भएको मोबाइल फोन, त्यसको सिमकार्डसहित गौशालाबाट पक्राउ गरेका हौँ।’

एसपी ढकालका अनुसार प्रेमिका रुवीको योजना अनुसार प्रेमी लोकेन्द्रले पैसा माग्दै कार्कीसहितलाई धम्क्याउने गरेको खुलेको छ। पक्राउ परेका दुवैजनाले अपराध स्वीकारेको ढकालले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.