|

काठमाडौं : अर्घाखाँची जुकेनास्थित शिवदह माध्यमिक विद्यालयमा ७ दिनदेखि लागेको ताला खुलेको छ। विद्यालयको भौतिक निर्माणमा दलका जनप्रतिनिधिले हस्तक्षेप गरेको भन्दै विद्यार्थीले ताला लगाउँदा विद्यालयका ५०० विद्यार्थीको पढाइ प्रभावित भएको थियो।

विद्यालयका प्राध्यानध्यापक कृष्णप्रसाद शर्माले विद्यार्थीले ताला खोलेको र पठनपाठन सुचारु भएको बताए। उनले भने, ‘विद्यालयको विकास निर्माण र प्राध्यानध्यापकको विषयलाई लिएर विद्यार्थीले तालाबन्दी गरेका हुन्, आइतबार विद्यार्थी अभिभावकबीच बैठक बसेर छलफल गर्ने भनेर ताला खुलाइएको छ।’ उनले विद्यार्थी अभिभावक र समितिको बीचमा तालमेल नमिल्दा यस्तो अवस्था सिर्जना भएको बताए।

आइतबार बस्ने बैठकमा विद्यार्थीको मागलाई सम्बोधन गर्ने सम्झौता भएको उनले बताए। विद्यार्थीले पुरानै प्रअ चाहिने र विकास निर्माणमा भएका सम्पूर्ण सम्झौता खुलाउनुपर्छ भन्ने माग राखेको छन्।

विद्यार्थीले लामो समयदेखि दरबन्दी अनुसारका निमावि तहमा दुईजना, मावि तहमा एक जना शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको तर जनप्रतिनिधिले विषयगत शिक्षक राख्ने विषयमा कुनै चासो नदेखाएको आरोप लगाएका थिए। भौतिक निर्माणको आर्थिक पाटोमा दलका जनप्रतिनिधिले आँखा लगाएको भन्दै विद्यार्थीले गत हप्ता विद्यालयमा तालाबन्दी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.