|
File Photo

दैलेख : सुर्खेतबाट खाद्यान्न बोकेर दैलेख जाँदै गरको मिनी ट्रक दुर्घटनामा मृत्यु भएका तीनैको सनाखत भएको छ। सुर्खेतबाट खाद्यान्न बोकेर कर्णालि राजर्माग हुँदै दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना ८ ख ३२८३ नम्बरको मिनिट्रक दैलेखको गुराँस गाउँपालिका-१ निगाल झाप्रामा दुर्घटनामा परेको हो।

दुर्घटनामा दैलेखको ठाटीकाँध गाउँपालिका-६ का धर्म थापा, जोर बहादुर थापा र दीपेन्द्र थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताए। उनका अनुसार मिनी ट्रक सडकबाट ३ सय मिटर तल खसेको छ।

दुर्घटनाको कारण खुल्न नसकेको भए पनि गएराति ९ बजेतिर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। गएराति सुर्खेतको वड्डीचौरमा ७ बजेर ५५ मिनेटमा ट्रक इन्ट्री गरेर गएकोले गएराति ९ बजे दुर्घटना हुनसक्ने प्रहरीको अनुमान छ।

ट्रकमा पेट्रोलको भाँडा राखिएकोले दुर्घटना भएलगत्तै आगलागी भएर मिनीट्रकमा रहेका तीनै जनाको मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।


सम्बन्धित समाचार

दुईवटा ट्रक दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना घाइते 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.