|

भक्तपुर : मध्यपुर थिमिमा प्रथम मेयरकप आईकेकेएफ फुलकन्ट्याट अन्तर्राष्ट्रिय च्याम्पियनसिप–२०१९ हुने भएको छ। मध्यपुर थिमि नगरपालिकाको सहयोगमा नेपाल अन्तर्राष्ट्रिय क्युकोशिनकाई कराँते संघले आयोजना गर्न लागेको सो च्याम्पियनसिप मध्यपुर थिमि–४ स्थित दुईपोखरीमा हुनेछ।

च्याम्पियनसिप यही जेठ १३ र १४ गते हुने आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं संघका सल्लाहकार राम (बोस) श्रेष्ठले जानकारी दिए।

च्याम्पियनसिपमा नेपाललगायत भारत, बंगलादेश, पाकिस्तान र अफगानिस्तानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। च्याम्पियनसिपमा भारतका ६५, बंगलादेशका ८, अफगानिस्तानका २, पाकिस्तानका ३ र नेपालका गरी कुल २०० खेलाडीको सहभागिता रहने संघका महासचिव एवम् प्रमुख प्रशिक्षक सिहान प्रेमनाथ श्रेष्ठले जानकारी दिए।

च्याम्पियनसिपमा महिला र पुरुषमा गरी ७ तौल समूहमा प्रतिष्पर्धा गराईने छ। आयोजकका अनुसार महिलातर्फ ६० केजी मुनी र ६० केजी माथि, पुरुषतर्फ ३५ केजी, ४५ केजी, ५५ केजी र ६० केजीमुनि तथा ६० केजीमाथि गरी पाँच तौल समूहमा प्रतिस्‍पर्धा गराइनेछ। प्रतियोगितामा विजयी खेलाडीलाई पदक, प्रमाणपत्रका साथै नगद पुरस्कारको व्यवस्था गरिने श्रेष्ठले बताए। प्रतियोगिता सञ्चालनका लागि मध्यपुर थिमिले ७ लाख रुपैयाँ सहयोग गर्ने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.