राजनीति

गैरसरकारी संस्थाका रूपमा नयाँ बालगृह दर्ता नगराउन निर्देशन
SHARES

File Photo
जेठ १०, २०७६

    काठमाडौं : संसदीय समितिले एकीकृत मापदण्ड नबनेसम्म गैरसरकारी संस्थाको रुपमा नया अनाथालय वा बालगृह दर्ता कार्य नगर्न/नगराउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।

    शुक्रबार सिंहदरबारमा बसेको महिला तथा समाजिक समितिको बैठकले अधिकांश आवासिय गैर सरकारी बालगृहरु मापदण्ड बमोजिम सञ्चालनमा नरहेको र संघीय संरचनाको लागि एकिकृत मापदण्ड नबनेसम्म गैर सरकारी संस्थाको रुपमा नयाँ अनाथालय वा बालगृह खोल्न नदिन सम्बन्धीत मन्त्रालय र मातहतको निकायलाई निर्देशन गरेको हो। 

    न्यून गुणस्तर र विवादित गैह्रसरकारी बालगृह वा अनाथालय तत्काल दर्ता खारेज गर्न तथा अनाथ वालवालिकाको व्यबस्थापन सरकारी तवरमा नै स्थानिय तहमा क्रमिक रुपमा ब्यवस्थापन गर्न गराउन समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालय तथा समाज कल्याण परिषद्लाई निर्देशन गरेको छ। समितिले समाज कल्याण परिषद्लाई संञ्चालनम रहेका गैह्रसरकारी बालगृह/अनाथालयको नामावली र मापदण्ड पूरा गरे नगरेबारे यथार्थ विवरण ३० दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

    गैह्रसरकारी बालगृह संचालनको नाममा आउन अनुदान वा सहयोग बालबालिकाको हितमा प्रयोग नभई संञ्चालकले प्रयोग गर्ने गरेको भन्दै समितिले सबै बालगृह सञ्चालकको आर्थिक परीक्षण गरि सत्य तथ्य बाहिर ल्याउन, अनियमितता गर्नेलाई तत्काल कारवाहीको दायरामा ल्याउन पनि समितिले मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ।

    त्यसैगरी समितिले प्रत्यायोजीत व्यवस्थापनअनुसार बालबालिकासम्बन्धी ऐन २०७५ को लागि बन्नु पर्ने नियमावली हालसम्म नबनेकोले शिघ्र नियमावली बनाउन नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।

    हाल संचालनमा रहेका बालगृह/अनाथालयको अवस्था एबं प्रभावकारी अनुगमन र मूल्यांनबारे समितिले शुक्रबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, मन्त्रालयका सचिव एवं समाज कल्याण परिषद्का अधिकारीसँग छलफल गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]