|

धनकुटा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी नीति तथा कार्यक्रममा समेटेर सामुदायिक रेडियोसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन।

धनकुटाको हिलेमा सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) ले आयोजना गरेको ‘सामुदायिक बहुलता र विविधताको सम्बर्द्धन,सामुदायिक प्रशारणमा आदिवासी जनजाति राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सामुदायिक रेडियोले दुरदराजका जनतालाई सुसूचित गरेकाले प्रदेश सरकारले सामुदायिक रेडियोसँग सहकार्य गर्ने बताए।

मुख्यमन्त्री राईले संविधान निर्माणसँगै सबै दल एउटै बाटोमा लागेकाले अब मुलुकको विकास चाँडै हुने दाबी गरे। कतै कतैबाट संविधानमा केही अपुग भएको कुरा आएकाले त्यसलाई छलफलको माध्यमबाट पुरा गरिने मुख्यमन्त्रीको भनाइ छ।

संविधानसभाको ९५ प्रतिशत मतबाट संविधान जारी भएको बताउँदै मुख्यमन्त्री राईले बाहिर रहेका शक्ति पनि यही बाटोमा आउनुको विकल्प नरहेको दाबी गरे। 
सरकारी निकाय, विषय विज्ञसँगै कार्यक्रममा देशभरका १५० रेडियोको सहभागिता रहको कार्यक्रममा सामुदायिक रेडियोले हालसम्म गरेका कामको समीक्षागरिएकाे थियाो। नयाँ योजनासहित प्रतिबद्धतामा हस्ताक्षर गरी हिले घोषणा पत्र जारी गर्दै शनिबार सम्पन्न हुने सामूदायिक रेडियो प्रशारक संघ अकोराबका अध्यक्ष सुवास खतिवडा बताए।

कुल जनसंख्याको झन्डै ३५ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातिको भाषा र कला संस्कृतिको विषय मूल धारका मिडियामा अझै आउन नसकेको भन्दै ओझेलमा परेको यो विषयलाई सामुदायिक रेडियोले उजागर गर्न खोजेको खतिवडाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.