|

रामेछाप : जिल्लाको सदरमुकाम मन्थलीमा निर्माण गरिएका तीनवटा सरकारी कार्यालयको भवन एकैसाथ हस्तान्तरण गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमबीच सहरी विकास डिभिजन कार्यालयको दुईवटा भवन, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको दुईवटा र प्रमुख जिल्ला अधिकारीको निवाससहित ५ वटा भवन एकसाथ हस्तान्तरण गरिएको हो।

२०७२ सालको भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सरकारी कार्यालय पुनर्निर्माणअन्तर्गत कर्मचारी निवास, बैठक कक्ष, पुरुष, महिला छुट्टाछुट्टै र अपांगमैत्री शौचालय साथै रुफटफ गार्डेनसहितको सुविधा सम्पन्न भवन निर्माण गरिएको हो।

आर्थिक वर्ष २०७२/७३ मा ठेक्का लागेको भवन गत वैशाख महिनामा सम्पन्न भएको थियो। १३ करोड, ८ लाख ५७ हजार ६ सय ४४ रुपैयाँ ८१ पैसामा सम्झौता भएको पाँच वटा भवन भ्याट बाहेक १२ करोड ६८ लाख ७१ हजार ८ सय ३१ रुपैयाँ ९१ पैसा, सम्झौता भएको भन्दा कम लागतमा सम्पन्न भएको हो। सो भवन निर्माणको जिम्मा सुनकोशी, खानी, थोदुङ जेभी काठमाडौंले पाएको थियो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.